विमानस्थलबाट एक किलो सुनसहित एक महिला पक्राउ

काठमाडौँ । एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला पक्राउ परेकी छन्।

कार्यालयका अनुसार ती महिलाको साथबाट एक किलो ३०० ग्राम सुन बरामद गरिएको छ। दुबईबाट आएकी ती महिलालाई शनिबार राति करिब १२ बजे पक्राउ गरिएको ‍हो।

पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको जनाइएको छ।