माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्न बैठक आह्वान गरेका छन् ।

गठबन्धनको बैठकपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने लागेको कार्यालयको मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

गठबन्धनमा भागबण्डा टुंग्याउन आइतबार बिहानदेखि बालुवाटारमा बैठक बसिरहेको छ । जसअनुसार कांग्रेस र माओवादीले आपसमा १० र ६ सिट बाँड्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीले २ सिटमा चित्त बुझाउन नमान्दा गठबन्धनभित्र भागबण्डा मिल्न बाँकी छ ।