images

बरहथवा घटना : पुनःकर्फ्यु आदेश जारी, शव तीनदिन देखि सडकमै

काठमाडौँ ।  सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको तेस्रो दिन पुनः कर्फ्यु आदेश जारी गरिएको छ।

शुक्रबार दिउँसो बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो। सो क्षेत्रमा अझैपनि अवस्था शान्त नभएपछि पुनः कर्फ्यू आदेश जारी गरिएको हो।

शुक्रबार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि अवस्था नियन्त्रण नभएपछि पुनः सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो।

आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए।

बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनाको तोडफोड, आगजनी तथा हुलदंगा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ ) (ख) र दफा ६ को (२) (३) (४) बमोजिम बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको हो।

यसअघि शुक्रबार घटना पश्चात शनिबार बिहानसम्म कर्फ्यु लगाइएको थियो भने त्यसपछि निषेधाज्ञा जारी गरिएको थियो। मृत्यु भएका युवाको शव तेस्रो दिनसम्म समेत शव उठ्न सकेको छैन।

आइबार​ २२ पु २०८० ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया