प्रधानमन्त्री प्रचण्ड युगान्डा जाने तयारीमा   

काठमाडौँ ।   जनवरी १७ देखि २० सम्म  हुन लागेको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जाने तयारी भएको छ ।

प्रधानमन्त्री माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि एकिन मिति भने तय भइनसकेको बालुवाटार स्रोतले जानकारी दिएको छ

यसअघि १८ औँ सम्मेलन अजरवैजानमा भएको थियो भने त्यसअघि सन् २०१६ मा भेनेजुएलामा सम्मेलन सम्पन्न गरिएको थियो ।