बंगलादेशमा आम निर्वाचन : मतदान जारी, विपक्षी दलले गर्‍यो बहिस्कार

एजेन्सी । बंगलादेशमा आम निर्वाचनको मतदान सुरू भएको छ । आइतबार तीन सय निर्वाचन क्षेत्रमध्ये २९९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजधानी ढाकाको सिटी कलेज वुथ पुगेर मतदान गरेकी छन् । मतदानपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा यसपालि पनि आफ्नो दलको विजय सुनिश्चत रहेको बताएकी छन् ।

अर्कातर्फ देशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी अर्थात् बीएनपी र उनको विचारधारामा सहमत धेरै दलले यो निर्वाचन बहिष्कार गरेका छन् ।

यी दलहरूले चुनावको पूर्वसन्ध्या र निर्वाचनका दिन बन्दका लागि अपिल गरेका छन् । आइतबार बिहान केही बिएनपी समर्थकले हडतालका पक्षमा धेरै ठाउँमा र्‍याली गरेका छन् ।

यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ । बंगलादेश अवामी लिग पार्टीकी अध्यक्ष उनी सन् २००९ देखि प्रधानमन्त्री छिन् ।