गाजामा इजराइलको आक्रमणबाट ९ हजार ७७० प्यालेस्टाइनीको मृत्यु

काठमाण्डौँ - इजराइलको आक्रमणबाट गाजामा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको मृत्यु भएको छ ।
बिबिसीका अनुसार इजराइल हमास युद्ध २९ औं दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेको पनि बिबिसीले उल्लेख गरेको छ ।

अक्टोबर ७ ९असोज २०० मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ १ हजार ४ सय मानिसहरूको मृत्यु भएको थियो ।

हमासले इसराइलबाट २४० जनालाई बन्धक पनि बनाएको थियो ।

प्रतिआक्रमणमा उत्रिएको इसराइलले गजाबाट हमास सक्काउने योजनासहित हवाई हमलासँगै जमिन र समूद्रबाट पनि आक्रमण गरिरहेको छ ।
इसराइलले शरणार्थी शिविर र अस्पातालहरूमा हमासका लडाकुहरू लुकेर बसेको दाबी गरेको छ ।
इसराइली डिफेन्स फोर्स आइडिएफले उक्त आक्रमणमा हमासका युनिट कमान्डरहरू इब्राहिम बियारी र मुहम्मद एसार मारिएको दाबी गरेको थियो।