भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा मागभन्दा ४ गुणा बढी आवेदन

 काठमाडौँ - गत बिहीबारदेखि आवेदन खुलेको भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा मागभन्दा ४ गुणा बढी आवेदन परेको छ । आइतबार साँझसम्म कम्पनीको आईपीओमा ८५ करोड ५ लाख ३६० हजार रुपैयाँबराबरको ८५ लाख ५ हजार ३६ सय कित्ताका लागि आवेदन परेको हो । कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ताका लागि आवेदन खुलाएको छ जसमा सर्वसाधारणले सोमबार साँझसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९ सय १० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आईपीओ जारी गरेको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो ।

वैदेशिक रोजगारीमा जानेका लागि बिक्री खुला गरिएको नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा २६–२६ हजार बढीले आवेदन दिएका छन्। ओभर सब्स्क्राइब भइसकेको यी दुवै आईपीओ भर्ने जति सबैले नपाउने पक्का भइसकेको छ ।