शेयर बजारमा सुधार : नेप्से २१.३० अंकले बढ्दा ९३ करोड ८९ लाखको कारोबार

काठमाडौँ - लगातार घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि अर्ब नजिन पुगेको छ । 
नेपाल स्टक एक्सचेञ्ज लिमटेड नेप्सेका अनुसार आज बजार २१.३० अंकले बढेको हो । १.१६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८४७.५४ अंकमा पुगेको छ । 

आज २८३ कम्पनीका ३५ लाख ५५ हजार ६ सय ७० कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजार ४०.५९ रुपियाँ बराबरको कारोबार भएको हो । आज हाथवे इन्भेष्टमेन्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः ९.९८ र ९.९३ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै लक्ष्मी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.२८ प्रतिशतले घाटा व्यहोरेका छन् । ४९ कम्पनीबाहेक अरु सबैको शेयर मूल्य बढेको हो । 
आज सोल्टी होटलको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ४३ लाख २० हजार ९ सय १० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन हिजो आइतबार २१.४६ अंकले बजार घट्दा ९७ करोड २३ लाख रुपियाँको शेयर किनबेच भएको थियो ।