तीन दिनभित्र जवाफ पेश गर्न क्यानका महानिर्देशकलाई मन्त्रिपरिषद्को निर्देशन

काठमाण्डौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सात दिनको समय सीमा दिएर सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि नागरिक उड्डयन प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध मन्त्रिपरिषद्ले एक्सन दिने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले के कति कारणले जवाफ नपठाएको हो स्पष्ट पर्न तीन दिनको समय सीमा दिएर पत्र काटेको छ ।