थप १० कम्पनीले पाए सेयर ब्रोकर लाइन्सेन्स

काठमाडौँ - नेपाल धितोपत्र बोर्डले थप १० वटा धितोपत्र दलाल सेयर ब्रोकर तथा एउटा धितोपत्र व्यापारी स्टक डिलरलाई व्यवसाय सञ्चालन इजाजतपत्र लाइसेन्स दिएको छ । बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेर आशयपत्र पाएका ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

एक प्रस विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्डले पूर्वाधारको निरीक्षणपछि एउटा कम्पनीलाई पूर्ण कार्य गर्ने र ९ वटालाई सीमिति कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र दिएको छ ।