निर्धारित समयभन्दा दुई घण्टासम्म बस्न नसकेपछि संसद् बैठक साढे १ बजेलाई सर्‍याे

काठमाडौँ -  निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो हुन लाग्दासमेत प्रतिनिधिसभाको बैठक सुरू नभएपछि फेरि समय सरेको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रतिपक्ष दलका कारण सुरु हुन ढिलाइ भएपछि साढे १ बजेको लागि सरेको हो।

बजेटको करका दर परिवर्तनका क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा प्रस्ट नपारेसम्म सदन चल्न नदिने प्रतिपक्ष दलले जनाएका छन्।