राष्ट्रियसभा बैठक भोलिका लागि सर्‍यो

काठमाडौँ - संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक भोलिका लागि सरेको छ । मंगलबार बिहान ११  बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेर ११ मिनेटका लागि सारिएको संघीय संसदका महासचिव डा।भरतराज गौतमले जानकारी दिए ।

महासचिव गौतमका अनुसार राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको  थियो ।