कोशीमा आफ्नै सरकार बनाउने कांग्रेसको निर्णय, मुख्यमन्त्रीमा को ? 

विराटनगर - कोशी प्रदेशमा नेपाली कांग्रेसले  आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भएको छ । 
कांग्रेस संसदीय दलको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको प्रदेश सांसद हिमाल कार्कीले बताएका छन् । 

जनता समाजवादी पार्टी जसपा र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
अब केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुले आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहेका छन् । माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ ।