संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ - संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ। हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो।

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदयस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्। गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो।