आजको शेयर बजार : नेप्से २५.६६ अंकले बढ्यो, १ अर्ब ९८ करोड माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक २५.६६ अंकले घटेर १९२७.६५ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८७ अंकले बढेर ३६५.०९ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६९ कम्पनीको ५२ लाख ४१ हजार ८७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९८ करोड १० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ । यसको आज ९ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा आइजिआइ शिभम् सिमेन्ट र अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ । मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ ।