प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान सिंहदबारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक,आगामी आर्थिक वर्षको बजेट र भुटानी शरणार्थी प्रकरणबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । 

बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको त होइन ? भन्ने खालको आशंका व्यक्त गरेका थिए ।