सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

 काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी सभापति रवि लामिछानेले भने, ‘उपनिर्वाचनमा प्राप्त जनमत र देश तथा संसारभर रहेका शुभचिन्तकहरूले प्रतिपक्षी भूमिकामा रहन दिएको सुझावलाई मध्यनजर गर्दै हाम्रो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।’  उनले जनभावनाको कदर गर्दै संसदमा रचनात्मक भूमिका निभाएर प्रतिपक्षी दल भनेको कस्तो हुन्छ भन्ने देखाउने जिकिर गरे ।