निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन मन्त्रालयको अनुरोध

 

 काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न अनुरोध गरेको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो ।