गृहमन्त्रीसँग मात्रै वार्ता गर्ने मिटरब्याजी पीडितहरुको अडान

 

काठमाडौं - चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने माग सहित काठमाडौं आएका मिटरब्याजी पीडितहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग मात्रै वार्ता गर्ने अडान राखेका छन्।

बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसँग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगेपनि उनीहरुले भने गृहमन्त्रीसँगै वार्ता गर्ने अडान राखेका हुन्।

यसअघिको मिटरव्याजी पीडितसंग सरकारले गरेको सहमति र मिटर व्याजीलाई कारवाही गर्ने बिषयमा सरकारले गरिरहेको तयारीका बारेमा गृहका प्रवक्ता बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रीका सचिवालय सदस्य लगाएत शान्तिबाटीका पुगेका थिए।