संसद्‌मा माओवादीले नियमापत्ति जनाउने राप्रपाको अभिव्यक्ति के थियो ?


काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद ज्ञानेन्द्र शाहीले संघीयता नचाहिने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन । देश ठूलो भएको खण्डमा मात्रै संघीयता र प्रदेश संरचना काम लाग्छ ।’

शाहीको यो अभिव्यक्तिको सत्तारूढ दल नेकपा माओवादी केन्द्र ले नियमापत्ति जनाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले भनेका छन्, ‘यो समय आकस्मिक समय हो । तर, माननीयहरूले राखेको विषय सम्बन्धित विषयहरूसँगसम्बन्धित छैन । म नियमापत्ति राख्न चाहन्छु ।’

संसद्को आकस्मिक समयमा यसअघि बसेको प्रतिनिधिसभा बैठकपछि अहिलेसम्म भएरगरेका गतिविधि राख्नको लागि आजैबाट लागू गरिएको छ । आकस्मिक समयमा बोल्नका लागि सांसदहरूलाई ३ मिनेटको समय निर्धारण गरिएको छ ।