प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले पूर्णता पायो

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिमा रहने सांसदहरूको नाम मनोनयन गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा घिमिरेले समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए । समितिमा मनोनीत हुने सांसदहरूमा अजय कुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेश कुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो।शी। चौधरी, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईँ, हितराज पाण्डे र ज्ञान बहादुर शाही रहेका छन्। 

नयाँ नियमावली पारित भएसँगै प्रतिनिधिसभाको २१ सदस्यीय कार्य व्यवस्था परामर्श समितिले पूर्णता पाएको छ।