जसपाको विधान अधिवेशन सर्‍यो

 काठमाण्डौँ - जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पूरा नभएका कारण विधान अधिवेशन सार्नुपर्ने जानकारी दिनुभयो । जसपाले यही चैत २६ देखि २८ गतेसम्म अधिवेशन गर्ने तय गरेको थियो ।

प्रमुख बस्नेतका अनुसार देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्व निर्धारित समय परिवर्तन गर्नु परेको हो ।

जसपाले विधान अधिवेशन जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा हुने जाएको छ ।