लाङटाङ भ्रमणमा गएका एक जना बेलायती पर्यटकको मृत्यु

काठमाडौँ । रसुवाको लाङटाङ क्षेत्र  भ्रमण गर्ने गएका एक जना बेलायती पर्यटकको मृत्यु भएको छ ।

बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिए । 

पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोलाको झोलुङ्गे पुल क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए । 

बेहोश पाउललाई उद्धार गरी काठमाडौँको मेडिसिटी अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।