राष्ट्रपतिमा सघाउन राप्रपालाई पौडेलको आग्रह

काठमाडौं - सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् ।

सत्ता गठबन्धनका नेताहरुसहित राप्रपाको कार्यालयमा पुगेर पौडेलले आफू लोकतन्त्रको रक्षाका लागि राष्ट्रपतिको उम्मेदवार बनेको भन्दै सहयोगको आग्रह गरेका थिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति चुनावका बारेमा पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए । ‘२४ गते पार्टीको केन्द्रिय समितिको बैठक बोलाएको छौं,’ लिङदेनलाई उदृत गर्दै उनले भने, ‘राष्ट्रपति चुनावमा के गर्ने भनेर त्यही बैठकले निर्णय गर्ने छ ।’