लिग-२ : यूएईमाथि नेपालको ऐतिहासिक जित, विश्वकप छनोटको सम्भावना कायमै

 

काठमाडौं - विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ४२ रनले पराजित गरेको हो।

यससँगै शीर्ष ३ मा पर्दै नेपालको विश्वकप छनोट खेल्ने सम्भावना कायम नै छ। नेपालले अब २ खेल जिते एकदिवसीय मान्यता बचाउन सफल हुनेछ।