झलनाथलाई भेटेर रामचन्द्र पौडेलले भने –" हाम्रो सहकार्य लामो समयको लागि हो"

 

काठमाडौं - नेपाली कांग्रेसका बरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेट गरेका छन् । खनाललाई भेट्न पौडेल सोमबार विहान उनकै निवास डल्लुमा पुगेका थिए ।

भेटका क्रममा पौडेलले खनालसँग राष्ट्रपतिको चुनावमा सघाउन र वातावरण बनाइदिन आग्रह गरेका सचिवालयले जनाएको छ ।

यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका षड्यन्त्रलाई पाखा लगाउन पनि लामो समयको सहकार्य जरुरी रहेको कुरा पौडेलले खनालसमक्ष राखेका छन् ।