राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी रहन्छ : प्रचण्ड

काठमाडौँ ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलले दाबी गर्ने बताएका छन्।

माओवादी संसदीय दलको बैठकमा मंगलबार प्रधानमन्त्री तथा अध्यक्ष दाहालले राष्ट्रियसभा अध्यक्षमा सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो दलको दाबी रहने बताए।

बैठकमा अधिकांश सांसदहरुले पनि राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलले दाबी गर्नुपर्ने बताएका थिए। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने सार्वजनिक भइरहेका बेला माओवादी अध्यक्ष तथा प्रधानमन्त्रीले खुलेरै आफ्नो दलको दाबी प्रस्तुत गरेका हुन्।

राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदै छ।