माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ ।

हिजोबाट सुरु भएको संसद्को अधिवेशनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

हिजो पनि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्याउने गरी सदनमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका थिए ।

प्रमुख सचेतक हितराज पाण्डेका अनुसार संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए ।