एउटा मान्छेको सरकारी मुल्याङ्कन जम्मा १० लाख ?

 काठमाण्डौँ - सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जशंकर साहको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै १० लाख रुपैयाँ दिने निर्णय भएको जनाएको छ । 

साथै गृह मन्त्रायले सो घटनाको छानबिनका लागि एक समितिसमेत बनाएको छ । गृहका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति बनाइएको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन दिन भनिएको छ । हरेक खालका साना हुन् वा ठूला घटना प्रहरीले गोली चलाएर मान्छे मार्ने शैली बढ्दै गएको छ । अनाहकमा भिड नियन्त्रण लगायतका कारण देखाउँदै यसरी जनतालाई गोली हान्नु पक्कैपनि खेदजनक छ । हरेक मान्छेको मुल्य १० लाख तोकेर के गर्दैछ सरकार ?