आज काठमाडौँको यी क्षेत्रमा बिजुली काटिने

काठमाडौँ । आज काठमाडौँको चाबहिल, बैद्ध लगायतका क्षेत्रमा बिजुली काटिने भएको छ । उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले चार घन्टा बिजुली काटिने भएको हो ।

आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म  बिजुलीको लाइन काटिने विद्युत् प्राधिकरणले जनाएको छ। त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

निर्धारित समयअगावै  काम सकिएमा अगाडि नै विद्युत सेवा सुरू हुने जानकारि दिएको छ।