गठबन्धनमा नेकपा एसले माग्यो पाँच सीट, के होला त सहमती ?

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभामा पाँच सीट सहित अध्यक्षमा समेत दाबी गर्ने भएको छ ।

शनिबार बसेको गठबन्धनको बैठकमा नेकपा एसले राष्ट्रियसभा अध्यक्षसहित पाँच सीटमा दाबी गरेको हो । गठबन्धनभित्र राष्ट्रियसभाका १९ सीटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सीटमा दाबी गरिसकेको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो अडान नछाड्न बताएका छन् । कांग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएको बताउँदै उनले अध्यक्ष पाउनु पर्ने बताएका हुन् ।