यात्रुवाहक रेलमा आगलागी हुँदा चार जनाको मृत्यु

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् ।

स्थानीय समयअनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा आएको थियो ।

ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनको अनुसार आगलाागीमा मृत्यु भएकाको पहिचान हुन सकेको छैन् ।