होटलमा काम दिने प्रलोभनमा यौन शोषण गर्ने ३ जना पक्राउ

काठमाडौँ ।  होटलमा काम दिने प्रलोभनमा महिला र बालिकालाई यौनशोषण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका - ८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालक सहित थप दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत घर भइ काठमाडौँको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा- १७ विरौटा बसने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

गोप्य सूचनाको आधारमा होटलमा छापा मार्दा  १ जना बालिका र २ जना महिलालाई खाजा घरबाट बाहिर लाने तयारीमा रहेका थिए। तीनै जनाको प्रहरीले उद्धार गरेको छ।

बिहीबार पक्राउ परेका ३ जना विरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर मानव वेचविखन तथा ओसारपसार मुद्वामा अनुसन्धान भइरहेको छ।