बालुवाटारमा सत्तारुढ तीन दलको बैठक बस्दै

काठमाडौँ । बालुवाटारमा सत्तारुढ तीन दलको बैठक  सुरु भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी रहेका छन् ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरूबिच भागबन्डा टुङ्ग्याउने विषयमा छलफल हुनेछ ।

सत्तारुढ दलको शनिबार बिहान बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहकार्यको ढोका बन्द गर्ने निर्णय गरेको थियो ।