भरतपुरमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

काठमाडौँ । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गैँडाले आक्रमण गर्दा भरतपुर महानगरपालिका–२३ घैला घारीका ६० वर्षीय पूर्णबहादुर बोटेको मृत्यु भएको वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

उनको शव घैलाघारी सामुदायिक वनभित्र भेटिएको हो ।