बरहथवामा भएको घटनाको सत्यतथ्य छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । शुक्रबार सर्लाहीको बरहथवामा भएको घटनाको अनुसन्धान गर्न प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माग गरेको छ।

शुक्रबार दिउँसो बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनामा सत्यतथ्य छानबिन गर्न पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले माग गरेका हुन् ।

उक्त घटनापछि उत्पन्न परिस्थितिकोप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको   घटनामा घाइते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।