'बुढीगण्डकी जलविद्युत् आयोजना पीपीपी मोडलमा बनाउनुपर्छ' : चेम्बर अध्यक्ष मल्ल

काठमाण्डौँ - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १ हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारी पीपीपीमा तत्काल अगाडी बढाउन आग्रह गरेका छन् ।  

गोरखा चेम्बर अफ कमर्सद्वारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यपार प्रवर्द्धन मेलालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया पीपीपी मोडलमा तत्काल शुरु गर्नुपर्नेमा जोड दिए ।
 
कृषिलगायतका स्थानीय उत्पादनको बजारीकरण एवं प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तह बीच प्रवाभकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए ।

मुल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्ने भन्दै अध्यक्ष मल्लले  बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन नसकेको बताए ।