सत्ता गठबन्धनको निर्णय : राष्ट्रिय सभाको निर्वाचनमा एमाले नसमेट्ने 

काठमाडौँ - सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने भएको छ । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार गठबन्धनबीच भागबण्डा टुंग्याउनका लागि साँझ फेरि बैठक बस्नेछ । यसअघि प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेट्ने गरी जानुपर्ने प्रस्ताव राखेका थिए ।