फेरिए ललितपुरको सिडिओ र प्रहरी प्रमुख

काठमाडौँ । बालकुमारी घटना लगत्तै ललितपुर जिल्लाको सिडियो र प्रहरी प्रमुख फेरिएका छन् । शुक्रबार गृह मन्त्रालयले 
जिल्ला प्रशासन कार्यालय ललितपुरमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ ।

यसअघि उनी गृह मन्त्रालयको आन्तरिक प्रशासन महाशाखामा रहेका थिए । यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी शेखर खनालको सरूवा भएको छ।

शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।

बालकुमारी घटनापछि ललितपुरका सिडिओ  र प्रहरी प्रमुखको सरूवा भएको थियो।