समाजवादी खस संघको घोषणा, ४४ सदस्यीय समिति गठन  

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट भ्रातृ संगठन समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति घोषणा भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले सो समिति गठन गरेको हो ।

समितिमा प्रेमनारायण थापाको अध्यक्षता रहेको छ भने  ४४ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष सिलवाल, उपाध्यक्षहरुमा हरिकला चौंलागाई, दिलु खड्का, दुर्गा सुवेदी, खेमराज खड्का, मधुकर न्यौपाने, रामबहादुर जाग्री रहेका छन् ।

भेलाबाट संगठननको महासचिवमा केबी अधिकारी चयन भएका छन् भने उपमहासचिवमा भीमजंग शाह, सचिव निरजबहादुर बिसी र कोषाध्यक्षमा जया थापा भण्डारी चयन भएका छन् । नव गठित समितिको घोषणा पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले गरको थिए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्ग  लगायत नेताहरु उपस्थित रहेका थिए ।