धादिङ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ

गजुरी - धादिङ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । गजुरी गाउँपालिका २ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित नुवाकोट तारकेश्वर गाउँपालिका २ बस्ने २१ वर्षीय धिरज बराल मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

अस्थायी प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले उनलाई चामलको बोराभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारेको गजुरी प्रहरीले जानकारी दिएके छ । मगरलाई नियन्त्रणमा लिईएको समेत ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।