मनाङमा भारी हिमपातले जनजीवन प्रभावित 

मनाङ - मनाङमा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । कात्तिक अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट यहाँ हिमपात हुने समय हो ।

गतवर्ष भने हिमपात अनुकूल समयमा पनि हिमपात भएन । यसवर्ष समयमा नै हिमपात हुँदा जनजीवन कष्टकर बने पनि किसान भने बाली सप्रने भन्दै खुसी  भएका छन् ।

ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि हिमपात हुँदा पनि गाउँमै बसेको बताए ।