‘घर त लगनखेल’को रिमेक भर्सनमा कार्टुन क्रुजका सरोज र आश्मा (भिडियोसहित)

काठमाडौँ - गायक रमण रेग्मीको ‘घर त लगनखेल’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ ।

मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वरमा यसअघि रेकर्ड भएको गीतलाई गायक रेग्मीले राम्रो गीत भएका कारण नयाँ पुस्तालाई पनि लक्षित गर्दै गीतको मर्मलाई जीवन्त बनाउन रिमेक गरिएको बताए ।

हालै गायक रमनको स्वरमा सार्वजनिक गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । शान्त भगत राउतका शब्द रहेको गीतमा मिक्सिङ तथा मास्टरिङ कुमार केसीले गरेका हुन् । भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ ।