आजको शेयर बजार राताम्मे : नेप्से ११.०४ अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाडौँ - नेप्से सूचक ११.०४ विन्दुले घटेर १९५६.९२ अंकमा आएको छ । १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।

आज २८० कम्पनीको ३५ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ करोड ४३ लाख रुपैयाँसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र सोल्टी होटेल परेका छन् ।