एमाले लुम्बिनी अधिवेशन : दिउँसो १ बजेसम्म मतदान जारी रहने, आजै नतिजा

बुटवल - नेकपा (एमाले)को लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान मतदान जारी रहेको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान पौने ९ बजेबाट मतदान सुरु भएको हो । मतदान दिउँसो १ बजेसम्म जारी रहने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।

नेतृत्व चयनका लागि १ हजार ४ जना प्रतिनिधिले मतदान गर्दैछन् । निर्वाचन अधिकृतका अनुसार मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुनेछ भने आजै नतिजा सार्वजनिक गरिनेछ ।