काठमाडौँ - विद्युतीय धरापमा परेर धनगढीकी एक महिलाको मृत्यु भएको छ ।
जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढी–३ बस्ने ३२ वर्षीया मञ्जु कुँवर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । मृतक कुँवरको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।