सातामा प्रति तोला २ हजार ६ सयले बढ्यो सुनको मूल्य  

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । पछिल्लो एक साताको तथ्यांक हेर्दा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।