भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नभएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट पारेका हुन्। उनले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको बताए।