रवि लामिछानेको चेतावनी- सत्तापक्षले दादागिरी देखाउन नखोजोस्

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षले संसदमा दादागिरी देखाउन खोजेको भन्दै दादागिरी नदेखाउन चेतावनी दिएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने शब्द बोलेपछि सत्तापक्षले उठेर विरोध गरेपछि लामिछानेले दादागिरी नदेखाउन चेतावनी दिएका हुन् ।