दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु बिडम्बना : प्रधानमन्त्री दाहाल

 

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदले दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान हुने बताए । 

सोमबार प्रतिनिधिसभा बैठकमा विपक्ष सांसदहरुले सो विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गरिएकोमा आपत्ति जनाईरहेका बेला प्रधानमन्त्री दाहालले अघिल्लो सदनले दुई दुई पटक विधिसम्मत ढंगले पारित गरेको सो विधेयक अहिलेको संसदले मान्दिन भन्न नमिल्ने तर्क समेत गरे ।